Logo
५ जेष्ठ २०८१, शनिबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटको आकार घट्यो : आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड, ऋणबाट व्यहोर्ने

विश्व ब्यापी कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो । आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ । यस्तै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्