Logo
२२ बैशाख २०८१, शनिबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल भारतले हाम्रो कालापानीबाट आफ्ना सेना हटाओस् : परराष्ट्रमन्त्री ज्ञवाली

भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेका छन् ।

भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ ।’

मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भनेका छन् । भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’

भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उनले बताएका छन् । उनले भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि बताएका छन् ।

‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो,’ मन्त्री ज्ञवालीले भनेका छन् ।

सो भ्रमणमा कालापानी र सुस्ता लगायतका क्षेत्रलाई ‘विवादित भूमि’ मान्दै दुवै देशको संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव छिटो पारित हुन नसक्नुलाई पछाडि हट्ने संकेतका रुपमा भारतमा ब्याख्या भइरहेका बेला मन्त्री ज्ञवालीले यो प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइने बताएका छन् ।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्