Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा एक किशोरीमाथि बलात्कार

प्रदेश नं ५ स्थित महाराजगञ्ज नगरपालिका-२ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ ।

उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्