Logo
२२ बैशाख २०८१, शनिबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली भूमि विवादबारे राहुल गान्धीको कुटनैतिक जवाफ : ‘त्यसबारे मोदी सरकारले जवाफ दिने हो’

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको बताएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष समेत रहेका गान्धीले आफ्नै देशको सरकार प्रती असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

यद्यपि उनले भारतसरकारले भूमी सम्बन्धि निर्णयमा भारतको साथ रहने बताएका छन् । ‘अहिले म बोल्ने स्थितिमा छैन’ उनले भने -‘सरकारले पहिला आधिकारिक त्वरबाट भनोस त्यसपछि मात्र केही प्रतिक्रिया दिनेछु ।’

अन्तरास्ट्रिय मामिलामा हाम्रो पार्टी सरकारको साथमै हुनेछ । उनने भने ‘यसबारे मोदी सरकारले बोलोस ।’

कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको बताए ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए ।

सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ ।

भारतको उक्त कदमलाई लिएर नेपालमा चर्को विरोध भइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरू कसैको इसारामा’ पिथौरागढ-लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए ।

नेपाल र भारतबीच सीमा विवाद उर्त्कषमा पुगे पनि भारतका कांग्रेसलगायतका विपक्षी दलहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले अघिल्लो साता व्यक्तिगत रूपमा ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढेकामा सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्