Logo
५ जेष्ठ २०८१, शनिबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ७७२ पुग्यो

पछिल्लो २४ घण्टामा देशभरमा गरि थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको देशभर कोरोना संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

महोत्तरीको मनरा गाउँपालिका-१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता-१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्