Logo
५ जेष्ठ २०८१, शनिबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुग्यो

सांकेतिक तस्बिर

प्रदेश नं २ स्थित बाराको कलैयाका ७० वषीय पुरुषको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उपचारको क्रममा उनको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उनको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको छ ।

अन्तिम संस्कारपछि उनको रिपोर्ट आएको हो । उनको गएको ४ गते ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्