Logo
५ जेष्ठ २०८१, शनिबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकासहित एकै परिवारका १८ जना कोभिड-१९ लाई जितेर घर फर्किए

कोरोना भाइरसको संक्रमण मुक्त भएर बालबालिकासहित एकै परिवारका १८ जना घर फर्किएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका चार महिने बालकसहित १८ जना निको भएर घर फर्किएका हुन् ।

कोभिड–१९ लाई जितेर घर फर्किने सबै १८ जना वीरगञ्जको छपकैया निवासी एकै परिवारका हुन् । डिस्चार्ज हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरु मध्ये ४ महिनेदेखि १० वर्षसम्मका १० जना बालबालिका हुन् ।

गएको वैशाख २१ गते छपकैयाका एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको कन्ट्याक ट्रेसिङ्गको आधारमा परीक्षण गर्दा उनका परिवारका थप १७ जनामा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसबाट संक्रमित भइ नारायणी अस्पतालमा भर्ना भएका उनीहरुलाई आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनीहरुलाई आइतबार राति ११ बजे फूलमालासहित अस्पतालबाट घर पठाइएको हो । १८ जना संक्रमितको लागातार दोस्रोपटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्