Logo
२२ बैशाख २०८१, शनिबार
(May 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षण अस्पताल महाराजगंजमा उपचाररत बिरामीमा कोरोना संक्रमण

संघीय राजधानी काठमाण्डौ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको जानकारी दिए । ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईंले हेटौंडामा ती महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको बताए ।

काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको छ । हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएका कारण काठमाडौं रेफर गरिएको थियो ।

महिलामा संक्रमण पुष्टि भएपछि आफूहरु पनि क्वारेन्टाइनमा बस्न लागेको डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: May 23, 2020

प्रतिक्रिया दिनुहोस्