Logo
२२ बैशाख २०८१, शनिबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृत्रिम रूपमा विस्तार गरिएको नेपालको नयाँ नक्सा स्विकार्य छैन : भारत

नेपाल सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई भारतले अस्विकार गरेको छ । सरकारको प्रयासलाई भारतले कृत्रिम विस्तार भनेको छ ।

भारत विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने एक पक्षीय कार्य ऐतिहासिक तथ्यहरु तथा प्रमाणहरुमा आधारित नभएको बताएका छन् ।

‘यो कूटनीतिक संवादको माध्यमबाट सीमा मुद्दाहरुलाई हल गर्नका लागि दिपक्षीय समझादारीको विपरित छ । भूमिलाई दाबी गर्ने यस्तो कृत्रिम विस्तारलाई भारतद्वार स्विकार गरिने छैन्,’ प्रवक्ता श्रीवास्तवले भनेका छन् ।

उनले अगाडी भनेका छन्, ‘भारतको यस अडानबारे नेपाल राम्रोसँग जानकार छ र हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छ ।’

साथै नेपाली नेतृत्वले सीमा विवाद समाधान गर्नका लागि कूटनीतिक संवादमार्फत सकारात्मक वातावरण बनाउने विश्वास रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्