Logo
२२ बैशाख २०८१, शनिबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७, अहिलेसम्म मात्र २ जनाको निधन

देशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

उनका अनुसार कोरोना कै संक्रमणका कारण अहिलेसम्म मात्र २ जनाको निधन भएको छ । आज पनि थप एकजनाको मृत्यु भनिएको खबरलाई उनले खण्डन गरेका छन् ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्