Logo
५ जेष्ठ २०८१, शनिबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछा मार्ने क्रममा करेन्ट लागेर २१ वर्षीय प्रकाश चौधरीको मृत्यु

 सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति कैलालीको जानकी गाउँपालिका-१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंँगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्