Logo
५ जेष्ठ २०८१, शनिबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसानका लागि ठूलो राहत प्याकेजको घोषणा हुँदैछ, रोजगार गुमाएकालाई प्रदेशमै रोजगार : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना प्रदेशका किसानका लागि ठूलो राहत प्याकेज ल्यान लागिएको बताएका छन् । नागरिक टाइम्सको Live कोरोना बहसमा बोल्दै उनले प्रदेश १ लाई चाँडै नै कोरोना ग्रिन प्रदेश बनाउने घोषणा समेत गरेका छन् ।

‘हाम्रो ध्यान नै यतिबेला सिमा क्षेत्रमा रहेको छ ।’ उनले भने- ‘तर कोही पनि नेपालीलाई दुरब्यवहार हुन दिइने छैन, सुरक्षित त्वरबाट सम्मानका साथ स्वदेश ल्याइने छ । विदेशबाट आउने नेपालीलाई समेत सम्मानका साथ हामिले आफ्नै प्रदेशमा रोजगार दिनेछौं ।’

उनले भने -‘हामिले सबैको वैदशिक रोजगारमा रहेका र फर्कोका सबैको रेकर्ड राख्न वेब पोर्टल बनाउँदै छौ विदेशबाट आउने सबैको रेकर्ड राख्नेछौं ।’

उनले भने -‘हाम्रो प्रदेश चाँडै नै कोरोना ग्रिन प्रदेश बन्ने छ । ठूला ठूला उिसिआर मेसिनहरु हामि ल्याँदैछौं । दैनिक हजारौंको परिक्षण गराउने छौं ।

आहिले हामि सम्पुर्ण शक्ति कोराना नियन्त्रण र जनतालाई सुरक्षित बनाउनमा लागाएका छौं । साना सहकारी र बित्तिय संस्थाका लागि पनि राहत आउने छ ।’

चीनको तिब्बत सरकारको सहयोगमा ठूला-ठूला २ ओटा पिसिआर मेसिन प्रदेश १ मा आउन लागेको उनले बताए ।

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्