Logo
५ जेष्ठ २०८१, शनिबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा पनि पत्रकारमा कोरोना भाइरस, संक्रमित पत्रकारको संख्या ५ पुग्यो

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश नं २ स्थित बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ  ।  पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन्

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्