Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमिको संख्या ७० हजार ७ सय नाघ्यो

अहिलेको बर्तमान समयमा कोरोना माहामारीले विश्वलाई आक्रान्त पारीरहेको अवस्थामा भारतमा पनि कोरोना भाइरस संक्रमित दिनप्रति बढेक्रमा रहेको छ सो कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ७० हजार ७ सय ५६ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार ७ सय ५६ पुगेको हो ।

मन्त्रालयका अनुसार भारतमा कोरानो भाइरसको कारण ज्यान गुमाउनेको  संख्या पनि २ हजार २ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण ज्यान गएको  हो । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार ४ सय १ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ८ सय ६८ जनाको कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् ।

गुजरातमा अहिलेसम्म ८ हजार ५ सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ सय १३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम ३ हजार ७ सय ८५ जना संक्रमित हुँदा २ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पश्चिम बंगालमा

अहिलेसम्म २ हजार ६३ जना संक्रमित भइसकेका छन् भने १ सय ९० जना मानिसको ज्यान गुमाईसकेका छन् । उत्तर प्रदेशमा अहिलेसम्म ३ हजार ५ सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको ज्यान गएको छ ।

बिहारमा अहिलेसम्म १सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको ज्यान गएको छ ।अहिलेसम्म भारतमा २२ हजार ४ सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्