Logo
५ जेष्ठ २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत आफ्नो स्ट्यण्डमा कायम छ, कन्फुजन नेपाल पक्षमा छ : भारतीय पक्ष 

परराष्‍ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा ‘कूटनीतिक नोट’ दिएको छ ।

जवाफमा भारतीय राजदूतले केही दिन अघि भारत स्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती सौपदै भारतको आधिकारिक धारणा नै यहीँ भएको स्पष्ट पारेका छन् ।

अहिले बिवादित बनाएको उक्त क्षेत्र साविकदेखि नै भारतले प्रयोग गरिरहेकाले यश विषयलाई थप बिवादमा तान्नु आवश्यक नरहेको राजदूत क्वात्राको तर्क रहेको थियो ।

‘भारत आफ्नो स्ट्यण्डमा कायम छ, त्यो क्षेत्र साविकदेखि नै भारतको हो, जुन कुरा अस्ति विदेश मन्त्रालयले प्रष्ट पारी सकेको छ, कन्फुजन नेपाल पक्षमा छ ।’ क्वात्राको भनाई उदृत गर्दै एक अधिकारीले भने -‘तसर्थ पनि हामी संवाद गर्न तयार छौं’ ।

नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोट दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले ट्विट मार्फत भारतीय राजदूतलाई कुटनैतिक नोट दिएको जनाएको छ । मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूतलाई कुटनैतिक नोट दिदै दुई देशका प्रधानमन्त्रीबीच तत्काल संवाद हुनुपर्नेमा जोड दिएका थिए ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

आज बिहान साढे ११ बजे भारतीय राजदूत क्वात्रा परराष्ट्र मन्त्रालय पुगेका थिए। मन्त्री ज्ञवालीले भारतीय राजदूत क्वात्रासँग लिपुलेकबारे कुराकानी गरेका थिए।

उनले नेपालको तर्फबाट औपचारिक धारणा राखेकाे जनाएकाे छ। परराष्ट्र स्राेतका अनुसार नेपाली भूमी मिचेर चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा नेपालले राजदूत क्वात्रामार्फत भारत सरकारसँग औपचारिक विराेध पनि जनाएकाे हाे।

भारतले गत शुक्रबार पिथौरागढदेखि तिब्बतको मानसरोवर जोड्ने सडक उद्घाटन गरेको थियो। यो सडकको १९ किलोमिटर भाग नेपाली भूमि लिपुलेकमा पर्छ।

यसको नेपालमा चर्को विरोध भइरहेको छ। युवा विद्यार्थीले सडकमा प्रदशन गरिरहेका छन भने सांसदहरुले सदनमा समेत विरोध जनाइरहेका छन्।

यस विषयमा नेपालले त्यहिवेला विरोध जनाएको थियो। भारतले कोरोना महामारी सकिँएपछि यस विषयमा छलफल गर्ने प्रतिक्रिया दिएको थियो।

भारतले सन् १९९ देखि पिथौरागढबाट सडक निर्माण सुरु गरेको थियो। तल्लो भागमा सन् २००८ मा पूरा भएको थियो भने माथिल्लो भागमा त्यसपछि निर्माण थालेको थियो।

सन् २०१५ मा चीन र भारतबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएपछि सडक निर्माणले तिव्रता पाएको थियो।

भारतले यस अघि नै नेपाली भूमि कालापानीमा सेना राखेको छ। अहिले कालापानी उत्तर-पूर्वको लिपुलेकमा सडक बनाएर चिनीयाँ नाका जोडेको हो।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्