Logo
५ जेष्ठ २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानीको उचाइमा नेपाली सुरक्षाकर्मी तैनाथ हुने, सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर छाङरु जाँदै

नेपाली सेनाको हेलिकप्टरले बुधबार सशस्त्र प्रहरीको फौज लिएर छाङ‌रु जाने भएको छ । छाङ‌रु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ ।

कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङ्‌रुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए ।

छाङ‌रुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक-पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न बल्ल जग्गाको व्यवस्था भएको छ ।

सीमा सुरक्षार्थ दार्चुलाको व्यास गाँउपालिका-१, छाङरुमा सशस्त्र प्रहरी बल (एपीएफ) को फौज राख्न सरकारले केही समयअघि २५ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ ।

यतिबेला सशस्त्र प्रहरी मुख्यालयले छाङ‌रु जाने जनशक्तिको छनोट गरिरहेको छ ।

यस्तै, सशस्त्रले छाङ्‍रुमा मा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) खटाउन चाहिने मेडिकल उपकरणको विवरण तयार पार्न सशस्त्र प्रहरी अस्पताललाई जिम्मा दिइसकेको छ ।

 

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्