Logo
५ जेष्ठ २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने सरकारको निर्णय

सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई अब त्यहाँबाट हटाएर सीमा सुरक्षाका लागि खटाउने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् ।सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत यस्तो निर्णय गरिएको ज्ञवालीले बताए ।

‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

 

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्