Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर ४१ लाख ५३ हजार कोरोना संक्रमित, २ लाख ८२ हजार ७ सयभन्दा बढीको मृत्यु

बर्तमान समयमा कोरोना भाइरसले माहामारीरुप लिएर विश्वलाइनै आतंकित बनाएको अवस्थामा कोरोना भाइरसका कारण विश्वभरी २ लाख ८२ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ४१ लाख ५३ हजार संक्रमित भएका छन् ।संक्रमितमध्ये करिब १४ लाख ६६ हजार जना निको भएका छन् ।

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

उपचाररत करिब २४ लाख ५ हजारमध्ये ४७ हजार ३ सय ५७ को अवस्था भने चिन्ताजनक छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार ३ सय ६१ पुगेको छ ।

त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ५४ हजार पुगेको छ । आइतबार अमेरिकामा ३२४ जनाको मृृृृृत्यु भएको छ । अघिल्लो दिनकोभन्दाा कम मृृृत्युु भएको हो ।

अघिल्लो दिन ७ सय २० जनाको मृत्यु भएको थियो ।उता, बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । संक्रमितको संख्या २ लाख १९ हजार नाघेको छ ।

बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ ।

तर पछिल्लो २४ घण्टामा २६८ जनाको मात्रैै मृृत्यु भएको छ ।कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय १ जना संक्रमित भएका छन ।

तर त्यहाँ ७८ हजार १ सय ४६ जना उपचारपछि निको भइसकेका छन् ।शनिबार इटालीमा १ सय ९४ जनाको मृत्यु भएकोमा आइतबार १६५ जनाले ज्यान गुमाए । त्यहाँ कुल ३० हजार ५ सय ६० जनाको मृत्युु भएको छ ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।इटालीमा पनि मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

फ्रान्समा पनि आइतबार ७० जनाको मात्रैै मृृृत्युु हुुँदा कुुुल मृृतकको संख्या २६ हजार ३ सय ८० पुगेको छ । फ्रान्समा १ लाख ७६ हजार ६ सय संक्रमित छन् ।

स्पेनमा अघिल्लो दिन १ सय ७९ जनाको मृत्यु भएकोमा आइतबार १४३ मा झरेको छ । योसहित स्पेनमा २६ हजार ६ सय २१ पुगेको छ ।

ब्राजिलमा १० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ भने १ लाख ५७ हजार संक्रमित छन् ।बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ६ सय ५६ को मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार २ सय १२ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १११ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ६७ हजार १ सय नाघेको छ ।

यस्तै जर्मनीमा १ लाख ७२ हजार संक्रमित हुनुका साथै ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।इरानमा १ लाख ७ हजार ६ सय संक्रमित छन् ।

साथै ६ हजार ६ सय ४० को मृत्यु भएको छ । रुसमा पनि २ लाख १० हजार जना संक्रमित भइसकेका छन् भने १ हजार ९ सय १५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुुुसमा सबैभन्दा धेरै ११ हजारभन्दा धेरै संंक्रमित थपिए ।

अहिलेसम्म यो भाइरसका कारण ४१ लाख ५३ हजार संक्रमित भएका छन् ।संक्रमितमध्ये करिब १४ लाख ६६ हजार जना निको भएका छन् । उपचाररत करिब २४ लाख ५ हजारमध्ये ४७ हजार ३ सय ५७ को अवस्था भने चिन्ताजनक छ ।

सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५४४०, टर्की -३७८६, क्यानडा – ४८७० ,स्विडेन – ३२२५, स्विजरल्याण्ड – १८३०, मेक्सिको – ३३५३, आयरल्याण्ड – १४५८, पेरु -१८४१,पोर्चुगल – ११३५, चिन – ४६३३, इक्वेडर – २१२७ पछिल्लो २४ घण्टामा इक्वेडरमा सबैभन्दा धेरै ४१ (जनाको मृत्यु)

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्