Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको

पछिल्लो समयमा कोरोना माहामारी फैलिएर विश्वलाई नै आतंकति बनाइरहेको बेला भारतमा पनि कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ ।

सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।

सङ्क्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या १ हजार ९८१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए ।

हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी सङ्क्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ, उनले भने ।

यस तथ्याँकलाई उेनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे ।

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्