Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४६ नागरिक बोकेर दुई चिनियाँ जहाज फर्किए

छिमेकी देश चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३ सय ६४ नागरिक बोकेर फर्किएका छन्। एयर चाइनाले १ सय ६२ र चाइना साउदर्नले १ सय ८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्। एयर चाइनाको विमान भने काठमाडौँको धावनमार्गमा मोडिन नसकेपछि केहीबेर संकट उत्पन्न भएको थियो।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए। यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्