Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदिरापछि दिल्लीमा पेट्रोलियम पदार्थको पनि मूल्य बढाइयो

भारत स्थित नयाँ दिल्लीको प्रान्तीय सरकारले दिल्ली क्षेत्रमा मदिरापछि पेट्रोलियम पदार्थको पनि मूल्य बढाइएको छ। आज मात्रै दिल्ली सरकारले मदिरामा ७० प्रतिसत कर बढाएको थियो ।

दिल्लीमा पेट्रोलियम पदार्थमाथि मूल्य अभिवृद्धि कर-भ्याट दर ३० प्रतिशत पुर्‍याएर मूल्य बढाइएको छ। यसअघि दिल्लीमा पेट्रोलमाथि २७ प्रतिशत र डिजेलमाथि १६.७५ प्रतिशत भ्याट दर थियो।

पछिल्लो मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७१.२६ भारतीय रुपैयाँ छ। यसअघि ६९.५९ भारतीय रुपैयाँ थियो।

यसैगरि डिजेलको मूल्य प्रतिलिटर ६२.२९ रुपैयाँबाट बढेर ६९.३९ भारतीय रुपैयाँ पुगेको छ। यसअघि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शुल्क लगाएर मूल्य बढाएको छ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्