Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको असरले अर्थतन्त्रमा ठूलो धक्का : गभर्नर भन्छन्-‘स्रोत जुटाउनै सकस भयो’

कोरोनाको असरले मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने भएको छ । लकडाउनका कारण आर्थिक गतिविधी खुम्चिनुका साथै रेमिट्यान्समा समेत गिरावट आउदाँ सरकारलाई आगामी बर्ष खर्च धान्न नै मुस्किल पर्ने देखिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत आगामी वर्ष अर्थतन्त्रका लागि निक्कै चुनौतिपूर्ण रहेको बताएका छन् । उनले वैदेशिक ब्यापार सन्तुलन चालु वर्ष कायम गर्न सकिए पनि आगामी वर्ष विप्रेषणलगायतका कारणले चुनौती थपिएको बताए ।

मंगलबार संसदको अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए ।

उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ नाफामा रहेकाले चालु वर्ष खासै समस्या नहुने बताएका हुन् ।

उनले रेमिटेन्स २० प्रतिशतले घट्ने अनुमान सुनाउँदै यही कारण बाह्य क्षेत्र स्थायित्व कायम गर्न समस्या हुन सक्ने बताए। उनले अर्थतन्त्रको अवस्थालाई लेखाजोखा गर्न तीन किसिमबाट अध्ययन भइरहेको समेत बताए ।

गभर्नर अधिकारीले ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकलाई विशेष ध्यान दिन बैंकहरुलाई भनिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्