Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलबीच झडप, बाराको बिश्रामपुरमा स्थिति तनावपूर्ण

प्रदेश नं २ स्थित बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरमा स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलबीच झडप भएको छ ।

सोमबार बेलुकी बलिरामपुरका केही युवाले एसएसबीका एक जवानलाई कुटपिट गरेको र आज एसएसबीका जवानले खेतमा काम गरिरहेका विश्रामपुरका छोटेलाल साहलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो ।

बिहान भएको झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ ।

जवानले कुटपिट गरेपछि तनाव सिर्जना भएको विश्रामपुर ४ का वडाध्यक्ष मदन यादवले जानकारी दिएका छन् । सीमा क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा दुवैतर्फका सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्