Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर कोरोना संक्रमित ८४ होइन जम्मा ७५ मात्र, निको भएकाको संख्या १६

विभिन्न संचार माध्यममा कोरोना संक्रमितको संख्या ८४ जना दावी गरिएपनी अहिलेसम्म आधिकारिक पुष्टि रहेको संख्या ७५ जना मात्र रहेको पाईएको छ ।

अहिलेसम्म निको हुनेको संख्या भने १६ पुगेको छ । प्रदेश ५ स्थित हिजो नेपालगंजमा हिजोमात्र २४ जना कोरोना संक्रमितको संख्या थपिएको दावी गरिएको थियो ।

तर आधिकारिक रुपमा भने १६ जनामा मात्र संक्रमण पुष्टि भएको रेकर्डमा उल्लेख छ ।

बैशाख २२ गते बिहान ७ बजेसम्मको रेकर्ड अनुसार बाके जिल्लामा १६ जना मात्र संक्रमित रहेका छन् ।

हिजो आइतबार मात्र नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको थियोे ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । योसहित संक्रमितको संख्या ७५ जना पुगेको हो ।

हेर्नुस् सूचना :

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्