Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्ज र पर्सामा एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि, संख्या ६९ पुग्यो

अहिले विश्वमुलुकलाई कोरोना भाइरसले आक्रान्त बनाइरहको अवस्थामा नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ । नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म १६ जना भने उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएका १० जनालाई नेपालगञ्जको कोरोना अस्पताल लैजाने तयारी गरिएको छ ।

अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइलिरहेको छ ।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्