Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको असर राजस्वमा : लक्ष्य भेट्न कार्ययोजना फेरबदल

 चालू अर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले राखेको राजस्वको लक्ष्य प्रभावित भएपछि अर्थमन्त्रालयले राजस्व संकलन कार्ययोजना नै फेरबदल गरेको छ ।

महामारीका कारण विश्वभर अन्तर्राष्ट्रिय उत्पादन तथा वितरण प्रणाली, सेवा व्यवसाय लगायतका आर्थिक क्रियाकलापमा संकुचित आएको निष्कर्श निकाल्दै अर्थमन्त्रालयले बजेटमा राखिएका राजस्व संकलनको लक्ष्य भेट्न वैकल्पिक कार्ययोजना तयार गरेको छ । कार्ययोजनामा राजस्व संकलन बढाउन अनुगमन बढाउनेदेखि बक्यौता असुलीमा जोड दिने उल्लेख छ । आन्तरिक राजस्व विभागका अनुसार आगामी ३ महीना भित्र उठ्न बाँकी त्यस्तो बक्यौता २८ अर्ब ६७ करोड छ भने बेरुजुतर्फ फरफारक गर्नुपर्ने ४७ अर्ब छ ।

अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख यज्ञ ढुङ्गेलले राजस्व बक्यौता र बेरुजु फस्यौट मन्त्रालयले आफ्नो कार्ययोजनामा राख्दै त्यसलाई प्रभावकारी कार्यान्वयनमा लैजान मातहतका निकायलाई निर्देशन दिइसकेको छ । उनका अनुसार सतप्रतिशत बेरुजु र बक्यौता फस्यौट गर्नुपर्नेछ ।

प्रदेश तथा स्थानीय तहमा आर्थिक क्रियाकलाप तीव्र रुपमा विस्तार भएको र त्यसरी विस्तार भएका क्षेत्रहरु करको दायरामा आए÷नआएकोबारे अनुगमन गर्ने, अनलाईनमार्फत हुने कारोबारलाई करको दायारामा ल्याउने, विगत २ बर्षको अवधीमा करको दायारामा आएका नयाँ करदाताको क्षेत्रगत विभाजन गरी आगामी दिनमा थप दायरा विस्तारको रणनीतिमा लाग्न वैकल्पिक कार्ययोजनामार्फत आन्तरिक राजस्व विभागलाई निर्देशन दिइएको छ ।

अनलाइन प्रणालीबाट कारोबार गरे मुल्य अभिवृद्धि करको १० प्रतिशत छूट पाउने व्यवस्था चालू आर्थिक वर्षको बजेटमा ल्याइएपनि त्यो प्रभावकारी कार्यान्वय हुन नसकेको निष्कर्श निकाल्दै अर्थमन्त्रालयले त्यसलाई थप प्रभाकारी बनाउन समेत विभागलाई निर्देशन दिएको छ । त्यसका लागि आवश्यक प्राविधीक र व्यवस्थापकिय तयारी पुरा गर्न भनिएको छ ।

 

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्