Logo
२२ बैशाख २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एनरेनबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता

कर्णाली प्रदेश स्थित सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि सङ्कायका उप–प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्परेट जुम लाइसेन्स उपलब्ध गराउनेछ ।

प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ । जसमा एकैपटक ३०० जना जोडिन सक्नेछन् ।

उपप्राध्यापक भट्टले सबै लाइसेन्स सञ्चालन भई विश्वविद्यालयअन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुई स्कूल, १२ आङ्गिक तथा सम्बन्धनप्राप्त गरी १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

“यो सम्झौताले जुम टुल प्रयोग गरी विश्वविद्यालयले आवश्यक मिटिङ तथा क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग पु¥याउनेछ”, उनले भने ।

एनरेन सूचना तथा सञ्चार प्रविधि (आइसिटी) र उच्च ब्याण्डविथको प्रयोग गरी ज्ञानमा आधारित समाज निर्माण कार्यमा संलग्न विश्वभर कार्यरत एक गैर–नाफामूलक संस्था हो ।

यसअघि वैशाख ४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तर्राष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्