Logo
२२ बैशाख २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लूएचओद्वारा कोरोना सङ्क्रमणबाट सतर्क हुन विश्वलाई पर्याप्त समय दिएको दावी

अहिलेको बर्तमान अवस्थामा कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार विश्व स्वास्थ्य संगठनले ढिलो जानकारी दिएको भन्दै आरोप लगाइरहेको बेला डब्लूएचओले कोरोना सङ्क्रमणबाट सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेको छ ।

संगठनमा प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा पहिले नै गर्नुपर्ने मागलाई खारेज गर्दै सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेका हुन् ।

उनले, संगठनले ३० जनवरी अर्थात् माघ १६ गते नै सबै देशलाई सतर्क हुन अपिल गरिएको स्पष्ट पारेका छन् । माघ १६ गतेसम्म चीनबाहिर ८२ जनामा मात्र कोभिड–१९ पुष्टि भएको थियो र कसैको पनि ज्यान गएको थिएन ।

अनलाइन पत्रकार सम्मेलनको क्रममा संगठनले सोमालिया, हाइटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सिएरालियोन र उत्तरी नाइजेरिया जस्ता देशमा पनि कोभिड-१९ को सङ्क्रमण चिन्ताजनक तरिकाले अघि बढिरहेको बताएको छ । संगठनले कोरोना भाइरस प्राकृतिक रुपबाट नै विकसित भएको दावी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस, चीनको वुहान शहरमा रहेको प्रयोगशालामा बनाइएको आरोप लगाउँदै आएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न चीन असफल भएको भन्दै अमेरिकी प्रतिबन्धको तयारी गरिरहेको बताएको हो ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्