Logo
२२ बैशाख २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको दिल्लीमा प्रहरीको एउटै बटालियनका १२२ जवानलाई कोरोना संक्रमण

यति बेला विश्वलाई नै कोरोना भाइरसले आतंकित बनाएको अवस्थामा छिमेकी देश भातको राजधानी दिल्लीमा २ हप्ताभित्र सिआरपीएफका १२२ जना प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यहाँको केन्द्रीय पुलिस रिजर्भ फोर्स (सिआरपीएफ) का १२२ जवानमा कोरोना संक्रमण पुष्टि भएको समाचार एजेन्सी पिटीआईलाई उदृत गर्दैै बीबीसीले जनाएको छ ।

अरु थप १०० जवानको रिपार्ट आउन बाँकी रहेको जनाइएको छ । सिआरपीएफको ३१ बटालियन क्याम्पमा त्यति धेरै संक्रमितहरु पुष्टि भएका हुन् ।

उक्त बटालियन दिल्लीको मयुर बिहार फेज ३ मा अवस्थित छ । बटालियनमा पछिल्ला २ दिनयता तिब्र गतिमा संक्रमण फैलिएको छ ।

यो हप्ताको सुरुमा त्यस बटालियनमा कार्यरत ५५ वर्षीय एक प्रहरीको सफदरजंग अस्पतालमा मृत्यु भएको थियो । उनी असामका थिए । शुक्रबार उक्त बटालियनमा १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

दुई दिन पहिले ४५ जनामा भाइरस संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले यो घटनाप्रति चासो लिँदै सीआरफपीका प्रमुखलाई यस्तो अवस्थामा संक्रमण रोक्न नसक्ने तर आफुहरुले संयमता अप्नाएर बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्