Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस (कोभिड-१९) उपचारका लागि इबोलाविरुद्धको औषधिले पायो स्वीकृति

यतिबेला सबैभन्दा बढी कोरोनाको मार झेलिरहेका अमेरिकामा त्यहाँको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको देखिएको थियो ।

त्यसपछि एफडिएले तत्कालका लागि आकश्मिक प्रयोजन स्वरुप कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा पनि सो औषधि प्रयोग गर्ने स्वीकृति दिएको हो ।

योसँगै कोभिड-१९ का कारण अस्पताल भर्ना भएका बिरामीलाई अब रेमडिसिभिर औषधि दिइने छ । कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको देखिएको थियो ।

गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने विज्ञले यसअघि नै स्पष्ट पारेका पारेका थिए ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्