Logo
२२ बैशाख २०८१, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरि कोराना संक्रमितको संख्या ३३ लाख नाघ्यो, २ लाख ३३ हजार ९ सयभन्दा बढी मृत्यु

पछिल्लो समयमा कोरोना भाइरसमाहामारी रुपलिइ फैलिरहेको अवस्थामा बिश्वभरि कोरोना भाइरसबाट अहिलेसम्मको तथ्या‌ंकअनुसार २ लाख ३३ हजार ९ सय ६६ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै विश्वभरी कोरोना संक्रमितको संख्या ३३ लाख पार गरेको जनाएको छ ।  वर्ल्डोमिटर्सले आज सार्वजनिक गरेको तथ्यांक अनुसार ३३ लाख पाँच हजार संक्रमित पुगेका छन्।

त्यस्तै बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन्। संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ।

सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।  अमेरिकामा कोरोना कारण २ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्।

३० हजार ८ सय २५ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेको छन्। अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ रहेको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार छ।

इटलाीमा २७ हजार २ सय ६७ को ज्यान गएको छ। त्यहाँ २ लाख पाँच हजार बिरामी छन्।  बेलायतमा  ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए। सोही दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाएका थिए।

स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए भने २ सय ६८ जनाको मृत्यु भएको थियो।  स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्। त्यस्तै इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएको दिन २ सय ८५ जनाको मृत्यु भएको छ।

टर्कीमा बिहीबार २ हजार ६ सय १५ जना नयाँ बिरामी थपिए। सोही दिन टर्कीमा ९३ जना मृत्युको कारण कोरोना भाइरस बनेको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ७ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने १ सय १ जनाको मृत्यु भएको थियो।

फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिएका थिए भने २ सय ८९ जनाको मृत्यु भएको थियो। जर्मनीमा १ हजार ४ सय ७० जना नयाँ संक्रमित थपिएको दिन बिहीबार त्यहाँ १ सय ५६ जनाको मृत्यु भएको थियो।

ब्राजिलमा बिहीबार ६ हजार १९ जना कोरोनाका नयाँ बिरामी थपिए भने ३ सय ९० जनाको मृत्यु भएको थियो। इरानमा बिहीाबर ९ सय ८३ जना कोरोनाका नयाँ बिरामीउ पचारको लागि अस्पताल पुगेका थिए।

सोही दिन इरानमा कोरोनाका कारण ७१ जनाले ज्यान गुमाएका थिए। क्यानाडामा पछिल्लो चौबिस घण्टामा १ हजार ६ सय ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही अवधिमा क्यानाडामा १ सय ८८ जनाको मृत्यु कोरोनाबाट भएको थियो।

पेरुमा बिहीबार ३ हजार ४५ जनामा कोरोना भाइरस संक्रमण देखियो भने १ सय ८ जनाले ज्यान गुमाए। यस्तै, नेदरल्याण्ड्समा थप ५ सय १४ नयाँ संक्रमित देखिएको दिन बिहीबार ८४ जनाले ज्यान गुमाएका थिए।

भारतमा पछिल्लो चौबिस घण्टामा १ हजार ८ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।  सोही अवधिमा भारतमा ७५ जनाको मृत्यु भएको छ।

बेल्जियममा बिहीबार ६ सय ६० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ९३ जनको मृत्यु भएको थियो।

 

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्