Logo
२२ बैशाख २०८१, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण पुष्टि भएपछि रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन अस्पताल भर्ना

अहिलेको बर्तमान समयमा कोरोना भाइरसबाट विश्वमुलुक आक्रान्त बनीरहेको बेला रुसमा पनि भाइरसको संक्रमण बढ्दोक्रममा देखिएको सो अवस्थामा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अहिले उनलाई कोराना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् ।

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख पुगेको छ भने १ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । रुसमा एकै दिन ७ हजार८ जनामा कोरोना पुष्टि भएको थियो त्यही दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्