Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोबजारी अभियोगी व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगतै फेरि पक्राउ

कालोबजारीको अभियोगमा २५ चैत्रमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतको फैसला आयो । उनी आज रिहा भएर अदालत बाहिर मात्र के पुगेका थिए फेरि पक्राउ परे ।

जगदम्बा स्टिलका मालिक समेत रहेका अग्रवाल २५ चैत्रमा थर्मल गनको कालोबजारीमा रङ्गेहात पक्राउ परेका थिए ।

उनलाई अपराध महाशाखाको टोलीले ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेको अवस्थामा पक्राउ गरेको थियो ।

कालोबजारीको अभियोगमा पक्राउ परेका सुलभ यसपटक सम्पत्ति शुद्धिकरण विभागको फन्दामा परेका छन् । सम्पत्ति शुद्धिकरणले उनीमाथि अनुसन्धान गरिरहेको छ । विभाग प्रधानमन्त्री कार्यालय अन्र्तगत रहेको छ ।

पक्राउ पछि अग्रवाल २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएका थिए । तर, उनी पुनः हिरासतमै पुगेका छन् ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्