Logo
२२ बैशाख २०८१, शनिबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई दोस्रो पटक राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि चीनमाथि आरोप लागाउदै चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको सो राष्ट्रपति बन्नबाट चीनले रोक्न जे पनि गर्न सक्ने बताएका छन्

रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘चीन चाहँदैन कि म दोस्रो पटक राष्ट्रपति बनुँ ।’

चीन मलाई रोक्न जे पनि गर्न सक्छ, जसका कारण म राष्ट्रपति दौडबाट बाहिरिउँ । चीन डेमोक्रेटिक पार्टीका जो वाइडन राष्ट्रपति बनुन् भन्ने चाहन्छ’, ट्रम्पले भने ।

चीनले कोरोना भाइरस (कोभिड १९) को महामारीलाई जसरी लिइरहेको छ, त्यो नै प्रमाण भएको ट्रम्पले बताए । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न जे पनि गर्न सक्ने ट्रम्पले आरोप लगाए ।

कोरोना भाइरसको महामारीका लागि ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आइरहेका छन् । अमेरिकामा कोरोना भाइरसको कारण ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसका साथै अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ र बेरोजगारी पनि ऐतिहासिक रुपमा लगातार बढिरहेको छ । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको भन्दै ट्रम्पले यसलाई गम्भीर रुपमा नलिएको भन्दै उनीमाथि प्रश्न उठिरहेको छ ।

ट्रम्पले भाइरसको गम्भीरतालाई नसम्झिएको र चाँडोभन्दा चाँडो सक्रिय नभएको बताइएको छ । कोरोना भाइरसलाई लिएर चीन अझै सक्रिय हुनुपर्ने ट्रम्पको भनाइ छ ।

यसो गरेको भए विश्वले यसको गम्भीरता चाँडै बुझ्ने ट्रम्पको ठम्याइ छ । के ट्रम्प कोरोना भाइरसलाई लिएर चीनमाथि कर लगाउँछन् ? यसको जवाफमा उनले भने, ‘धेरै कुरा छन्, जो म गर्न सक्छु ।’

‘हामी के हुन्छ भनेर हेरिरहेका छौँ । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्ने कोसिस गरिरहेका छन्, जसको माध्यमबाट आफूलाई निर्दोष देखाउन सकियोस् । यसको लागि पीआरको सहारा लिइरहेको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । यसअघि ट्रम्प कोरोनालाई चिनियाँ भाइरस भन्ने गर्थे र चीनले आपत्ति जनाउँदै आएको थियो ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्