Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरि कोरोनाबाट २ लाख २८ हजारभन्दा धेरैको मृत्यु, ३२ लाख २० हजारभन्दा बढी संक्रमित

यतिबेला कोरोना भाइरसले  विश्वमुलुकलाई आतंकित बनाइरहेको बेला विश्वभरि अहिलेसम्म २ लाख २८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

विश्वभरि अहिलेसम्म ३२ लाख २०  हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ , विश्व जस मध्ये विभिन्न देशमा १० लाखभन्दा धेरै कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमित निको भएको वल्डोमिटरले जनाएको छ।


त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटले जनाएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको मृत्यु भएको छ । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे ६१ हजार पुगिसकेको छ ।अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा धेरैको ज्यान गएको छ । १० लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्