Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

पछिल्लो समयमा कोरोना संक्रमण नेपालमा दिन प्रतिदिन बढ्दोक्रममा रहेको अवस्थामा वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो । बुधबार मात्र बाराका २ र पर्साका १जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज(२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३ नै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्