Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको अन्त्य हुन अझै लामो समय लाग्ने : डब्लुएचओ

अहिले बर्तमान अवस्थामा विश्वमाहारी फैलिरहेको कोरोना भाइरसको अन्त्य हुन अझै लामो समय लाग्ने सक्ने सोमबार भएको प्रेस कन्फ्रेन्समा विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए ।

उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् । अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए ।

विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा कोरोना भाइरसको माहामारीको असर देखिएको उनको भनाइ रहेको छ ।

कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।

डब्लुएचओका प्रमुखले पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

१ करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपहरुको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्