Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबदेखि निजी अस्पतालहरूले पनि कोरोना परीक्षण गर्न पाउने

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थमा निजी रूपमा सञ्चालित अस्पतालहरूले पनि अबदेखि कोरोना भाइरसको नमुना परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले यस्तो जनाकारी दिएका हुन्।

नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरिएको बताए।

उनले भने, ‘प्रयोगशालासम्बन्धी नयाँ निर्देशिका जारी भएको छ योसँगै अब निजी अस्पतालहरूले पनि कोरोना परीक्षण गर्ने पाउने बाटो खुल्नेछ।

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १ सय ८४ जना कोरोना भाइरस शंकास्पद बिरामीको नमुना परीक्षण भएको छ। हालसम्म कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्।

धनगढीमा १, वीरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताएको छ।

हालसम्म काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आइसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

यस्तै, हालसम्म प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतीमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भइसकोको बताइएको छ।

माघ ९ मा पहिलो केस देखिँदा परीक्षणको लागि हङकङ पठाउनु परे पनि त्यसयता काठमाडौंसहित देशका सातवटै प्रदेशका विभिन्न १६ स्थानबाट पिसिआर विधिबाट कोरोना परीक्षण हुन थालेको जानकारी दिए।

उनले पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याव स्थापना गरी परीक्षण सुरु गरिएको जानकारी दिए।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्