Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।

हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार (वैशाख १५) मा सकिन लागेको थियो ।

मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

आजै मात्र वीरगञ्जमा थप दुई जना र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५२ पुगेको हो ।

कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ ।

नेपालले पनि यिनै कुरालाई ध्यानमा राखी गत चैत ११ गतेबाट सुरु गरिएको लकडाउन पटकपटक बढाउँदै लगेको हो ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्