Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाली शासक किम जोन उनको स्वास्थ्यबारे ट्रम्पको पनि आयो प्रतिक्रिया

कोरोना भाइरसको महामारीका बीच पछिल्लो समय उत्तर कोरियाली शासक किम जोन उनको स्वास्थ्य अवस्थालाई लिएर अनेक खबर सार्वजनिक भएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको स्वास्थ्य अवस्था एकदमै खराब रहेको तथा उनको मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको दाबी गरिएका रिपोर्ट सार्वजनिक भएका छन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त कुराको खण्डन गरेका छन्।

कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा बिहिबार ह्वाइट हाउसमा आयोजित ब्रिफिंगको क्रममा राष्ट्रपति ट्रम्पले किम जोन उनको स्वास्थ्य बारे आएको समाचार गलत हुनसक्ने बताए।

समाचारमा दाबी गरिएका स्वास्थ्य रिपोर्टका कागजातहरू पुरानो तथा विश्वास गर्न लायक नभएका ट्रम्पको भनाई छ। किम जोंग उनबारे हल्ला फैलिएपछि यसअघि ट्रम्पले ट्विट मार्फत उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

गुप्तचर स्रोतको हवाला दिएर अमेरिकी मिडियामा उत्तर कोरियाली नेताबारे समाचार सार्वजनिक भएको थियो। आफ्ना हजुरबुबाको जन्मदिनमा आयोजित समारोहमा किम जोंग उन देखा नपरेपछि उनी सर्जरीका लागि अस्पतालमा रहेको समाचारमा बताइएको थियो।

उत्तर कोरियाली नेता उनको स्वास्थ्य अवस्थाबारे वास्तविक जानकारी के हो भन्ने बारे थाहा पाउन निकै गाह्रो छ। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले भने किम जोंग उनको स्वास्थ्य बारेको रिपोर्टलाई अस्वीकार गरेको थियो।

गएको सोमबार दक्षिण कोरियाको सिओलको डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन। किम केही समयदेखि सार्वजनिक रुपमा देखिएका छैनन्।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो। तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन्।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया :

 

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्