Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यसचिव नेतृत्वको कार्यदलद्वारा पनि एक हप्ता लकडाउन बढाउन सिफारिस

मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ ।

वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्‍ले गर्नेछ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन्।

शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो।

समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्‍याउने निर्णय पनि गरिसकेको छ।

केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने प्रस्तावमा पनि छलफल भइरहेको छ ।

काठमाडौं र पोखराजस्ता संक्रमणका केसहरु नदेखिएका आर्थिक गतिविधिका केन्द्रमा पनि क्षेत्रगत रुपमा खुकुलो बनाउने प्रस्ताव पनि आएको समितिका एक सदस्यले बताए ।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्