Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इस्लाम धर्मावलम्बीहरुको एक महिने पर्व रमजान सुरु, घरमै बसेर इवादत गरिँदै

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् ।

रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो ।
दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु यो महीनाको ठूलो विशेषता हो ।

नबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुश्लिम आयोग र अगुवाहरुले आग्रह गरेका छन् ।

मुस्लिम आयोगले रमजान पर्वमा मस्जिदमा भेला नभई घरमा नै बसी इवादत गर्न र नवाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रमजान अवधिभर घरमै बसेर नवाज पढ्न आग्रह गरेका छन्।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्