Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण

पछिल्लो समयमा विश्वलाई नै चुुनौति दिइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाउन अहिले बैज्ञानिकहरु लागि परेको अवस्थमा बेलायतमा पनि कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।

उनीहरुमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ ।

परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ ।

भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लिनेमध्ये एक इलिसा ग्रानाटोले भनिन्, म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुको प्रक्रियालाई सहयोग गर्नुपर्छ । यो खोपप्रति मलाई एकदमै विश्वास छु, उनले भनिन् ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्