Logo
१६ बैशाख २०८१, आईतबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलले ल्यायो कोसेली अफर (टक टाइम, डाटा र एसएमएस )आकर्षक योजनाहरु

एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६ सय एमबी डाटा, २१ सय एमबी डाटा र एक हजार एसएमएस रहेका छन् ।

एनसेल प्रालीले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ ।

एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहितमात्र ६२ दशमलव ५७ रुपैयाँ र त्यसैगरी अर्को ५५ मिनेट भ्वाइस प्याक करसहित ३१ दशमलव ९२ रुपैयाँमा उपहार पठाउन सक्नेछन् ।

एनसेल कोसेली अन्तर्गतको यी प्याकहरु यही बिहीबार वैशाख ११ देखि लागू हुनेछ । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले तीन दिनभित्र एनसेल नेटवर्कभित्र यो भ्वाइस सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले सात दिनभित्र एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।

डाटामा ग्राहकले ६ सय एमबी डाटा (दुई सय एमबी अल नेट, दुई सय एमबी फोरजी र दुई सय एमबी नाइट डाटा)मात्र ४४ दशमलव ६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् ।

यो डाटा प्याक तीन दिनको लागि मान्य रहनेछ । त्यसैगरी प्रिपेड ग्राहकले आफ्ना साथीभाइ तथा परिवारजनलाई २१ सय एमबी डाटा (हरेक दिन तीन सय एमबी सात दिनसम्म) मात्र ९७ दशमलव रुपैयाँमा उपहार दिन सक्नेछन् ।

यसका साथै प्रिपेड ग्राहकले एक हजार वटा एसएमएसको प्याक उपहार स्वरुप २४ दशमलव २६ रुपैयाँमा पठाउन सक्नेछन् ।

यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफूले पाएको मितिबाट ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् ।

ग्राहकले १७१११ मा डायल गरियो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार बापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ ।

एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्