Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना कोषमा अहिलेसम्म २ अर्ब ११ करोड ६५ लाख जम्मा

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र १ करोड ३५ लाख ३ हजार ४२० कोषमा जम्मा भएको छ ।

मङ्गलबार एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट ४ लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट ३ लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय २ लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल २ लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ ।

सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्‍याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्