Logo
२० बैशाख २०८१, बिहीबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीले विश्वभरी भोकमरीको संकट आउन सक्ने : डब्ल्यूएफपी

विश्व यतिबेला कोरोना माहामारीको चपेटामा परेको अवस्थामा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरसको कारण विश्वभरी भोकमरीको संकट आउन सक्ने बताएको छ ।

डब्ल्यूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन हामीले अहिले देखि नै तत्काल त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताएका हुन् ।

यूएनको सुरक्षा परिषद्को बैठकमा बोल्दै बियसलीले समग्र विश्वभर यो संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताए ।

एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ ।

डब्ल्यूएफपीका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका १० मुलुकमा भोकमरीको जोखिम उच्च देखिएको छ ।

यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी सबैभन्दा प्रभावित बन्न सक्ने डब्ल्यूएफपीले बताएको छ ।

गत वर्ष दक्षिण सुडानमा जनासंख्याको ६१ प्रतिशतले खाद्य संकटको सामना गरेका थिए । त्यसका साथै पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ ।

उनले यो संकट केही महिनासम्म रहने बताएका छन् । उनले यसबाट बच्नका लागि आफूहरुसँग कुनै समय नरहेको बताएका छन् ।बीबीसी

 

 

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्