Logo
२० बैशाख २०८१, बिहीबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना सङ्क्रमित संख्या १९ हजार ९ सय नाघ्यो, ६ सय ४० जनाको मृत्यु

पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दोक्रमा रहेको अवस्थमा कोरोनाबाट ६ सय ४० जनाको मृत्यु हुनुका साथैे संक्रमित हुनेको संख्या १९ हजार ९ सय ८४ रहेको छ ।

भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भने ६ सय ४० मृत्यु भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार सङ्क्रमितमध्ये ३ हजार ८ सय ६९ जना उपचारपछि निको भएका छन् ।

साथै भारतमा कोरोना परीक्षणका लागि प्रयोग हुने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि २ दिनका लागि आरडीटीबाट गरिने कोरोना परीक्षण रोक्न भनिएको छ ।

एक पटक किटको जाँच गरिने र त्यसपछि मात्र परीक्षणको अनुमति दिने बताइएको छ ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्