Logo
२० बैशाख २०८१, बिहीबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस जनावारबाट नै मानिसमा सरेको विश्व स्वास्थ्य संगठनको दाबी

अहिलेको बर्तमान समयमा कोरोनाले माहामारी रुपलिएर विश्वलाइनै आतंकित बनाइरहेको अवस्थामा कोरोना भाइरस संक्रमण सुरुमा जनावरबाट नै मानिसमा सरेको विश्व स्वास्थ्य सङ्गठनले  दाबी गरेको छ ।

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।

गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् ।

अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ भने ८ लाख १७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको मृत्यु भएको छ ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्