Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कार्यक्रमको महत्व बढ्यो, लकडाउनमा ४ हजार श्रमिक थपिए

सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा बाहानाबाजी बनाएर सहभागी हुन आनाकानी गरिरहेका निजी क्षेत्रलाई लकडाउनले सामाजिक सुरक्षा कार्यक्रमबारे चेतना पसेकेको छ ।

सरकारले गतवर्षबाट ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधीमा विभिन्न प्रतिष्ठानहरुले ४ हजार श्रमिकलाई कोषमा सुचीकृत गराएका हुन ।

भवितव्य जोखिम बहन र पेन्सनसहितको अवधारणका साथ सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा सामाजिक सुरक्षा कोषका अनुसार लकडाउनकोबीचमा योगदानकर्ता सुचिकृत हुनेको संख्या बढेको हो ।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले कोषमा आबद्ध हुने योगदानकर्ता सुचीकृत हुने क्रम बढेको बताए । उनका अनुसार आइतबारसम्ममा १२ हजार ३२८ प्रतिष्ठानहरु सामाजिक सुरक्षामा सुचिकृत भएका छन् भने १ लाख ५६ हजार ८५० श्रमिक आबद्ध भएका छन् ।

लकडाउन हुनुअघि १ लाख ५३ हजार मात्रै कोषमा आबद्ध थिए । दैनिक १६ देखि २० लाखको हाराहारीमा योगदानकर्ताले कोषमा रकम जम्मा गरिरहेको कोषले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनिरकणकालागि सरकारले गरेको लकडाउनका कारण प्रभावित क्षेत्रहरुकालागि राहत प्रदान गर्ने कार्ययोजनामा सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीले योगदान गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गर्ने निर्णय गरेको थियो ।

चैत्रमहीनामा लकडाउनका कारण उद्योग धन्दा कलकारखाना प्रभावित भएपछि सरकारले उक्त महीनाको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिने निर्णय गरेको थियो । उक्त रकम कोषमा जम्मा हुने प्रक्रियामा रहेको कोषले जनाएको छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्