Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १५ देखि विद्यालयहरु खुल्ने : नयाँ भर्नासँगै परीक्षाफल प्रकाशित पनि हुने

पछिल्लो समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएसँगै सम्पूण पठनपाठन थप्प भइरहेको अवस्थामा निजी विद्यालयले वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताएको आजको नेपाल समाचारपत्रमा खवर छ ।

कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पँर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

अधिकांश विद्यालयले कक्षा १-९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए ।

चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।

 

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्